नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिग आयोजना गरेर आफूले अपराध नगरेको बताएका छन्। उनले नेपालमा यस्तो लिग कसैले नगरेको र क्यानले गर्दा अपराध नै गरेसरह आलोचना भोग्नु परेको गुनासो गरेका हुन्।
क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा बोल्दै उनले आफूले नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको दाबी गरे। “यस्तो लिग कसैले गरेको थिएनन्। तर हामीले गरेर देखायौँ। यही लिगपश्चात् नेपाली टोलीले १२ मध्ये ११ वटा ओडीआई खेलमा जित निकाल्न सफल भयो। यो राम्रो होइन र? तर हामीले राम्रो गर्दा गर्दै आलोचना भयो,” उनले भने।
क्यानले नेपाल टी–२० लिगको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। तर, सेभन थ्री स्पोर्ट्स प्रतियोगिता पूरा नहुँदै भागेको थियो। आयोजक कम्पनी भाग्दा फ्रेन्चाइजी टोलीका खेलाडीले तलब पाउन सकेका छैनन्। यस्तै, उक्त लिग म्याच फिक्सिङ प्रकरणमा तानिएको थियो।
क्यान अझै आर्थिक रूपले सबल हुन नसकेको उनले बताए। अहिले क्यानको ५४ प्रतिशत बजेट सिनियर टोलीमा खर्च हुने गरेको उनको भनाइ छ। “सिनियर टोलीका खेलाडीलाई तलब, प्रशिक्षणलाई तलब, अन्य खर्चमा ५४ प्रतिशत बजेट यसैमा लाग्ने रहेछ। कर्मचारीको तलब, उमेर समूहको क्रिकेटमा लगानी नि गर्नुपर्यो। यो सबै हामीले गर्न सकेका छैनौँ। त्यसैले क्यान अझै आर्थिक रूपमा सबल हुन सकेको छैन,” उनी भन्छन्।
उनले नेपाली टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गरिरहेको भए पनि टेस्ट टोलीलाई बोलाएर खेल्ने वातावरण नभएको बताए। भारतको सिको गरेर भए पनि एउटा राम्रो अन्तर्राष्ट्रिय स्टेडियम बनाउनुपर्ने उनको भनाइ छ।
“हामीले छिमेकी देश भएको कारण भारतको सिको गर्नुपर्ने हो। भारतमा धेरै क्रिकेट स्टेडियम छ। तर, हाम्रोमा एउटा पनि राम्रो स्टेडियम छैन। अहिले हामीले ठूला टोली बोलाएर खेल्न सक्दैनौँ। किनभने सुरक्षा दिन सक्दैनौँ,” उनले भने।
उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानलाई पत्याएको तर सरकारले असहयोग गर्दा त्यसको सदुपयोग गर्न नसकिएको बताए। “आईसीसीले हामीलाई पत्याएको छ। तर, उसको एक क्राइटेरिया छ। त्यसैले त्यसलाई सदुपयोग गर्न भए पनि हामीले पूर्वाधार बनाउनै पर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
