सरकार र शिक्षकहरूबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
काठमाडौँ– सरकार र तीन दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरूबीच सहमति भएको छ। शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको चौथो चरणको वार्तापछि दुवै पक्षबीच सहमति बनेको हो।
सरकार र शिक्षकहरूबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसद्बाटै पूरा गर्ने गरी सहमति भएको उनको भनाइ छ।
“मूलभूत रूपमा उहाँहरूले जे–जे कुरा उठाउनु भएको छ, विधेयकचाहिँ संसद्मा गइसकेको छ। संवैधानिक सर्वोच्चता, संसदीय सर्वोच्चता मानेर जाने कुरा हुन्छ। संसद्का सबै प्रक्रियालाई मान्दै शिक्षकहरूले उठाएका मागहरूमा छलफल भएर निस्केका निष्कर्षहरूमा संसद्मा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ,” उनले भनिन्, “७ वटा बुँदामा सहमति भएको छ।”
उनले सहमतिलाई अन्तिम रूप दिने तयारी भइरहेको पनि बताइन्। आन्दोलित शिक्षकहरू सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्। अब शिक्षकहरूले आन्दोलन फिर्ता लिने उनको भनाइ छ। “वार्ता गरेर समझदारीमा पुगेपछि आन्दोलन गरिराख्ने कुरा त आएन नि!,” उनले भनिन्।
सरकारसँग भएको सहमतिमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। तर, शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले आफूहरू र सरकारबीच मागका विषयमा आवश्यकअनुसार सहमति भएको बताइन्। “१/२ बुँदा तलमाथि मात्र परेको हो। चाहिएको जति सहमति गरियो,” उनले भनिन्।
शिक्षकका प्रतिनिधिहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले वार्ता गरेको हो। प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि राख्दै देशभरका शिक्षक तीन दिनदेखि आन्दोलनमा थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
