AnonymousUser

Logout

चुनाव ८२: अघोषित जनमत सङ्ग्रह

विगत चार हप्तायता इरानमाथि इजरायल-अमेरिकाले गरेको हमलालाई हेर्ने हो भने यस युद्धविरुद्ध बेलायत तथा युरोपका राष्ट्रहरू अडिग भएर अमेरिकाको विपक्षमा खडा भएका छन्।

सही र गलत छुट्याउने घडी

नयाँलाई अवसर दिऊँ न त' भन्ने मनोविज्ञान हाबी हुनुलाई अन्यथा मान्न सकिँदैन। तर प्रश्न के नयाँ वास्तवमै नयाँ सोच, उद्देश्य, नीति, कार्यक्रम तथा तौरतरिका लिएर आएका छन् त?

आज, हिजो र भोलि

कांग्रेस दलभित्र गगनकुमार थापाको नेतृत्वमा हुँदै गरेको विद्रोहले गति लिँदैछ। तिनी सफल भएको खण्डमा नेपाली कांग्रेस (शेरबहादुर) तथा नयाँ नेपाली कांग्रेस गठन हुने प्रबल सम्भावना देखिन्छ।

राजनीतिको कालो बादल: कांग्रेसलाई जोखिम उच्च

ओली, देउवा र दाहालको पतनले नागरिकले आशाका किरण देख्न थालेका थिए। दलको नेतृत्वमा नयाँ पुस्ता आउने र उनीहरू सुधारिएसँगै देशमा सुशासनको वातावरण हाबी हुने जनविश्वास जागेको थियो।

नेताजी, सर्पको मुखको भ्यागुतोझैँ कति मुख बाइरहन्छौ?

'शीर्षस्थ नेताहरू' पुनः हाबी भए भने आगामी फागुन २१ गते हुने निर्वाचनमा यी आबद्ध दलले 'लज्जाजनक हार' व्यहोर्नु पर्नेछ। आउँदो चुनावमा अधिकांश प्रमुख दलका उम्मेदवारको जमानत जफत हुने प्रबल सम्भावना छ।

जेन–जी आन्दोलन

देशले के पायो, के गुमायो?

असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।

अर्थ-राजनीति

पहिलो वैदेशिक लगानीको अन्तर्कथा

उक्त सम्भावनाको तिनले चर्चा गर्दा राजा त्रिभुवन तथा युवराजाधिराज महेन्द्र अचम्मित भएका थिए। बाबुछोराको प्रतिक्रिया थियो, ‘यहाँ के छ र त्यो हेर्न पर्यटक आउने?’

धर्म निरपेक्षतामाथि प्रहार र कारण

संविधानको ‘धर्म निरपेक्ष’ प्रावधानउपर हुँदै गरेका प्रहार धार्मिक आस्थाको कारणले नभएर तात्कालिक राजनीतिक लालचले भएको हो।

महेन्द्रको भूमिसुधार: ‘राजनीतिभित्रको पोलिटिक्स’

भूमिसुधार कार्यक्रम पञ्चायती मन्त्री जोगमेहरले घरीघरी भन्ने गरेको ‘राजनीतिभित्र घुसेको पोलिटिक्स’ साबित भयो। उक्त कार्यक्रम लागु भएको ६ दशकपछि पनि नागरिकलाई ‘नसुधारिएको भूमि’ले पिरोल्न छोडेको छैन।

आधुनिक नेपालको इतिहासको जग

विपन्न, साना, सिमानाकृत तथा भूमिहीन किसानका निम्तिभन्दा राजाका समर्थकको स्वार्थ, हित र रक्षामा केन्द्रित हुँदा भूमिसुधार कार्यक्रमले देशमा अपेक्षा गरेअनुरूप परिवर्तन ल्याउन सकेन।

नेपाली साँच्चै निराश छन्?

पूर्वाग्रह नराखी हेर्ने हो भने नेपालमा भएका परिवर्तन प्रस्टै देखिन्छन्। विगत तीन दशकको अवधिमा घर परिवारको जीवनस्तर, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार आदि क्षेत्रमा परिवर्तन भएका छन्।

अर्थतन्त्रको आकार, राष्ट्रिय ऋण भार तथा सञ्चित विदेशी मुद्रा

विदेशी मुद्रालाई केन्द्रीय बैंकमा भण्डारण गर्नुभन्दा राष्ट्रिय ऋण भार घटाउन उपयोग गर्दा अर्थतन्त्रको हित हुने देखिन्छ। भण्डारणमा रहेको पैसाले कसैको आय वृद्धि गर्न सक्दैन।

सडक दुर्घटनाका कारण, न्यूनीकरणका उपाय के?

प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।

अर्थतन्त्रको आवश्यकता: होस्टेमा हैँसे गर्ने शक्तिशाली नीति

आर्थिक दृष्टिले उदीयमान छिमेकी राष्ट्र चीन तथा भारतका धनाढ्यहरूको विश्वास जितेर तिनको धन नेपाल भित्राउने सम्भावित नीतिका विषयमा कुनै गृहकार्य गरिएको छैन।

षड्यन्त्रदेखि षडयन्त्रसम्मको ‘राजनीति’

पहिले सत्तामा रजगज हुन मात्रै एक अर्कालाई उत्तानो पार्ने खेल हुन्थ्यो, तर यस पटक सत्तामा हाबी हुने कुरामा मात्र यो सीमित छैन। विगतका काला कर्तुतहरू लुकाउन पनि नयाँ समीकरण आवश्यक भएको छ।

बैंक बखेडा: यी नडुबे को डुब्ने?

विद्यमान अवस्थामा पनि किन बैंकहरू मुनाफा आर्जन गर्न सफल छन्? उत्तर सहज छ, तिनले बचतकर्तालाई दिनेभन्दा अत्यधिक धेरै ब्याज भार ऋणीलाई बोकाउँछन्।

संकटोन्मुख बैंकिङ क्षेत्र र कारणहरू

ठूला बैंक डुब्दा हुने जोखिमका विषयमा राष्ट्र बैंकले कुनै सरोकार देखाएको छैन। 'टु बिग टु फेल' नीति अख्तियार गर्दा अर्थतन्त्रले चुकाउनु पर्ने मूल्यका विषयमा राष्ट्र बैंक बेखबर छ।

विश्व नजर अड्किएका दुई युद्ध

युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने पश्चिमाले प्यालेस्टिनीमाथि पक्षपात गरेकै छन्, प्यालेस्टिनीलाई शरण दिने कुरामा अरब राष्ट्रहरूले समेत अग्रसरता देखाएका छैनन्।

मध्यपूर्वको हिंसाले नेपाललाई पार्नसक्ने प्रभाव

इजरायली सुरक्षा निगरानीका सबै पूर्वाधार तथा संयन्त्र तहसनहस तुल्याउँदै आतंककारी समूहले इजरायल प्रवेश गरेको घटनाले इजरायल मात्र होइन, विश्व अचम्मित छ।

उच्च आर्थिक वृद्धिमा हाम्रा तगारा  

समाजका प्रत्येक क्षेत्रमा बिस्तार हुँदै गएको 'सानालाई ऐन ठूलालाई चैन' अर्थतन्त्रमा हाबी भएको छ। प्रमुख खेलाडी कानूनभन्दा माथि छन्। तिनले गरेको गैरकानूनी कार्यलाई समेत जायज ठान्ने संस्कार हाबी हुँदैछ।