पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डअन्तर्गत कृष्णभीरमा झन्डै २०० मिटर सडकलगायत डाँडासमेत चिरिएको छ भने शीतल बजारमा ५० मिटर र परेवाभीरमा १०० मिटर गरी तीन ठाउँमा सडक भासिएको छ।
चितवन– बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भासिएको छ।
मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा सबैभन्दा बढी क्षति पुगेको छ। नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झन्डै २०० मिटर सडक भासिएको छ भने सडकमाथिको डाँडासमेत चिरिएको छ।
यस्तै, मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने शीतल बजारमा ५० मिटर हाराहारी र मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फको परेवाभीरमा १०० मिटर सडकको छेउ भासिएको छ।
यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले अहिले त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै राखेको बताइन्। गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारको रिटेनिङ वाल नै बगाएको छ। नदीको सतह घटबढ भइरहेकाले सडकको फेदमा कटान भइरहेको बताउँदै उनले भनिन्, “चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसके तापनि कमजोर ठाउँमा नदीले कटान गरिरहेको छ।”
यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको सडक भित्तोमा केन्द्रित भएकाले सडकमुनिको भागमा क्षति पुगेको इञ्जिनियर मिश्रले बताए। “ठूलो बाढीले धार परिवर्तन गरेर दुवैतर्फ क्षति पुर्याएको छ,” उनले भने, “कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन, तर शीतल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ।”
आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार परेवाभीरमा सडकको नदीपट्टीको भाग भासिएर कालोपत्रेसम्म झरेको छ। सो ठाउँमा थप क्षति र जोखिम हुने भएकाले अत्यावश्यक बाहेकका सवारी रोकिएको छ। तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर सम्याइ साँझसम्ममा सडक सञ्चालन गर्ने र बिजुलीका पोल सार्ने तयारी भइरहेको मानन्धरले बताए।
यस खण्डका दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएपछि गोरखातर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ। त्यताका सडकमध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक मार्ग बनाउन लागिएको हो। राजधानीको ‘लाइफलाइन’का रूपमा रहेको यस सडक हुँदै दैनिक करिब १४ हजार सवारी साधन सञ्चालन हुँदै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
