लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्ड अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिन र खाद्यान्न बालीमा क्षति पुगेको छ।
हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।
सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ।
सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार आज बिहान करिब तीन घण्टा लगातार परेको पानीका कारण पहाडबाट लेदोसहितको बाढी आएको हो। बाढीले आसपासको खेतीयोग्य जमिन तथा थाहा ज्युलोमा पसेर खाद्यान्न बाली नष्ट गरेको उनले जानकारी दिए।
त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ। बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासका बस्तीमा जोखिम बढेको छ।
माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरी चौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताए। पहिरोले बालीमा क्षति पुर्याउनुका साथै सडक अवरुद्ध भएकाले यातायात सुचारु गराउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।
लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ। कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन्।
कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको छ।
सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन ठप्प भएको छ। पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने-जाने यात्रुहरू मर्कामा परेका छन्।
कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो। वर्षायाममा पहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
