अल–नासरले अल–अहलीलाई हरायो, रोनाल्डोको २ गोल

जितसँगै ७ खेलमा १५ अंक जोडेको नासर तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको अहली छैटौँ स्थानमा छ।

काठमाडौँ– साउदी प्रो लिगमा अल–नासरले अल–अहलीलाई पराजित गरेको छ। 

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको नासरले अहलीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो।

नासरको जितमा रोनाल्डोले २ तथा तालिस्काले २ गोल गरे।

शुक्रबार राति केएसयू फुटबल स्टेडियममा भएको खेलको चौथो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

अहलीका फ्रान्क कसिए, रियाद महरेज र फेरास अल्ब्रिकानले गोल गरे। जितसँगै ७ खेलमा १५ अंक जोडेको नासर तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको अहली छैटौँ स्थानमा छ।