खड्काले अध्यक्ष चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवारी दिएका हुन् भने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकेन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल र राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार बिहान भएको मनोनयनमा क्यानको सचिवमा खड्का र मल्लले उम्मेदवारी दिएका हुन्। खड्काले अध्यक्ष चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवारी दिएका हुन् भने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
अध्यक्षमा भने चन्द निर्विरोध निर्वाचित भइसकेका छन्। उनको प्यानलबाट कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध भएका छन्।
यसैगरी, महिला सदस्यमा जयन्ती भट्ट, कर्णाली प्रदेशबाट सदस्यमा श्रीधर केसी र लुम्बिनी प्रदेशबाट प्रदीप मजगैयाँ पनि सर्वसम्मत निर्वाचित भएका छन्।
क्यानको १७ सदस्यीय कार्यसमितिमध्ये ६ पदमा सर्वसम्मत भएको हो। अब सचिवसहित कुल ११ पदमा निर्वाचन हुनेछ। हरेक प्रदेशबाट एक एकजना सदस्य निर्वाचित हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
