सरकार र महासंघबीचको सहमतिमा राहत शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।
काठमाडौँ– राहत शिक्षकहरूले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन्।
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको ६ बुँदे सहमतिले आफूहरूको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरूले शनिबारमा काठमाडौँको माइतीघरमा आन्दोलन जारी राखेका हुन्।
सहमतिमा ५० हजार राहत शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।

“देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छुभन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरू विकल्प थिएन। हामी रहरले राहत शिक्षक भएका हौँ? गुणस्तरीय शिक्षक बन्छौँ र सामुदायिक विद्यालय सुधार्छौं भनेर लागेका हौँ। २० स्थायी व्यवस्थापन गर्नु पर्दैन? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ,” उनले भने।

उनले आफूहरूको माग सम्बोधन नभएसम्म घर नफर्कने चेतावनी दिए। “यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरू जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौँ नत्र माइतीघरमै बस्ने छौँ,” उनले भने।
बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँकेन्द्रित भएर आन्दोलन गरिरहेका थिए। शुक्रबार साँझ शिक्षकहरूसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो। तर, सरकारसँग गरेको सहमतिमा राहत शिक्षकले उठाएका माग नसमेटिएको भन्दै उनीहरू आक्रोशित भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
