श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने शिक्षामन्त्री राईको भनाइ छ।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशलाई आत्मनिर्भर बनाउन प्राविधिक र उत्पादनमूलक शिक्षाको आवश्यकता औँल्याउँदै श्रमलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुने गरी शिक्षालाई प्राविधिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताएका हुन्।
उनले श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आएको बताए। त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उनको भनाइ छ। उनले श्रमलाई सम्मान गर्ने भावना जागृत गराउन पनि सरोकारवाला निकायलाई आग्रह गरे।
“शिक्षालाई प्राविधिक शिक्षामा रूपान्तरण गर्नुपर्ने र जीवन उपयोगी, उत्पादनमुखी शिक्षामा रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्त्वपूर्ण छ। मुख्य कुरा हामीले हाम्रो यो सोच्ने तरिकालाई, श्रमलाई सम्मान गर्ने तरिकालाई, काम महान् चिजको हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने छ,” उनले भने।
मन्त्री राईले मुलुकले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसार प्रतिफल पाउन नसकेको गुनासो गरे।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको आरोप लगाए। उनले मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार लगानी बढाउन तयार नभएको टिप्पणी गरे।
सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। “बलियो शिक्षाले मात्रै बलियो राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ। विडम्बना, हामीसँग त्यस्तो अवस्था छैन,” उनले भने, “हाम्रो बजेटमा शिक्षामा लगानी गर्ने कुरा वार्षिक रूपमा घट्दै गएको छ। जब हामी लगानी गर्दैनौँ भने प्रतिफल कहाँबाट आउँछ?”
सचिव भट्टराईले अहिलेको अवस्थामा आफूहरूको मुख्य जोड गुणस्तरीय शिक्षा रहेको बताउँदै त्यसका निम्ति राज्य, अभिभावक, विद्यार्थी, शिक्षकलगायत सरोकारवालाले समन्वयकारी भूमिका आवश्यक रहेको उल्लेख गरे।
सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको शुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए। उनले लगानीको कमीका कारण शिक्षामा सोचेअनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
