पारस खड्का क्यानको केन्द्रीय सचिवमा निर्वाचित

क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्। 

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पूर्वक्रिकेट पारस खड्का निर्वाचित भएका छन्। 

शनिबार भएको मतदानका क्रममा खसेको कुल ८५ मतमध्ये ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन्। 

सचिव पदका लागि खड्काका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३२ मत ल्याए। खड्का निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी छ।

एक सचिव र १० केन्द्रीय सदस्यका लागि शनिबार निर्वाचन भएको थियो। अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए।