चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।
काठमाठौँ– चतुरबहादुर चन्दको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन्। चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा मनोनयनपत्र च्यातेर चन्दलाई नै समर्थन गरेका थिए। क्यानको अध्यक्षमा चन्द दोस्रो पटक निर्वाचित भएका हुन्।
त्यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए। यसैगरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो।
निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए।
खुल्ला सदस्यतर्फ धीरेन्द्र सावदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोलाप्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए।
प्रादेशिक सदस्यतर्फ काेशी प्रदेशमा अर्जुन पाैडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए।
क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो। निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
