शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।
काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा शुरू भएको छ।
चीनको चचिआङ प्रान्तको राजधानी हाङजाओ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी जिनफिङले शनिबार एक समारोहबीच औपचारिक रूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा एशियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत एशियाली मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको थियो
चीन सन् २०१५ सेप्टेम्बर १६ मा एशियाली खेलकुद आयोजनाका लागि छनोट भए पनि कोरोनाका कारण सन् २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको प्रतियोगिता एक वर्ष धकेलिएको थियो।
शनिबार औपचारिक शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्। प्रतियोगितामा नेपालबाट २९ खेलका लागि २५३ खेलाडीले सहभागिता जनाउँदै छन्।
चीनले आयोजना गरेको यो तेस्रो एशियाली खेलकुद हो। योभन्दा अगाडि बेइजिङ र क्वाङ्चौमा एशियाली खेलकुद आयोजना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
