ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
काठमाडौँ– गल्फ क्रिकेट टी–२० आई च्याम्पियनसिप उपाधि ओमानले जितेको छ।
शनिबार राति सम्पन्न फाइनलमा यूएईलाई ५ विकेटले हराउँदै उपाधि ओमान च्याम्पियन बनेको हो। दोहामा जितका लागि पाएको १६४ रनको लक्ष्य ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। आयन खान ३८ बलमा ४ चौकासहित ५३ रनमा नटआउट रहे। शोएब खानले २२ रन बनाए।
यूएईका मोहम्मद जवादुल्लाह र जहुर खानले समान २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। कप्तान मोहम्मद वासिमले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे। आसिफ खान ३८ र अर्यांश शर्मा १० रनमा आउट भए। बासिल हामिद ३६ र अली नासिर २० रनमा नटआउट रहे।
ओमानका बिलाल खान र अकिब इलियासले समान २–२ विकेट लिए। मोहम्मद नादिमका नाममा १ विकेट रह्यो। इलियास खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा गल्फका ६ राष्ट्र सहभागी थिए। नेपालमा अर्को महिना हुने टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता आयोजना गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
