यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरे। 

तस्वीर : क्यान

काठमाडौँ– पहिलो एकदिवशीय खेलमा यूएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो।

यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरे। मोहमम्द वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। वृत्य अरविन्दले ८२ बलमा ६ चौका हाने। उनीहरूबीच दोस्रो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो।

मध्यक्रमका ब्याटर एलिशान शराफुले २९ र आयान खानले २६ रन बनाए। अहमद राज २५ र जुनैद्द सिद्दीकी १ रनमा अविजित रहे।नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिए।

सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।