एशियाडमा मेडल जित्ने लक्ष्य छः रोहित पौडेल

नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोली एशियाली खेलकुदका लागि चीन प्रस्थान गरेको छ। आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमबीच खेलाडीलाई बिदाइ गरेको हो। 

बिदाइ कार्यक्रममा बोल्दै टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य रहेको बताए। “राम्रो अभ्यास गरेका छौँ। हामी सबैको लक्ष्य मेडल जित्ने छ। त्यसको लागी सबै खेलाडी तयार छौँ,” उनले भने, “आउने दिनमा एकदमै राम्रो गर्नेछौँ।” 

नेपालले समूह चरणमा सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ। 

खेलाडीलाई बिदाइ गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। क्यानका नवनिर्वाचित सचिव पारस खड्काले आफूहरू नेपाली क्रिकेटमा नयाँ युगको शुरूआत गर्ने प्रयासमा रहेको बताए। 

नेपाली टिम
विनोद भण्डारी, आसिफ सेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा र सन्दीप लामिछाने