कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ: महामन्त्री थापा

उनले संसदको सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्। 

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन्। 

आइतबार काठमाडौँमा आयोजित नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले संसदको सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्। उनले भने,"तपाईंहरूले केही महत्वपूर्ण कुरा उठाउनुभएको छ जुन शिक्षासँग सम्बन्धित छ। हामी संसदको सबैभन्दा ठूलो पार्टी हामीले सच्याउँदै गर्दा विधेयक सच्चिन्छ यसलाई हामीले सच्याउनुपर्छ। कानूनसँग जोडिएका कुराहरू छन्।"

उनले काँग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताए। देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाइ छ। 

याे पनि: सरकारको खेलाँचीले निम्त्याएको शिक्षक आन्दोलन, दिगो समाधान कति टाढा?