एशियाली खेलकुद: टेनिसमा प्रदीपको विजयी शुरूआत

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएकाे खेलमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका हुन्।

काठमाडाैँ– चीनको हाङझावमा जारी १९औँ एशियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन्। 

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएकाे खेलमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे। जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन्। अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन्। 

आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका  थिए। तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए। दोस्राे  चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० को अन्तरले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुके। 

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन्। त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन्।