एशियाली खेलकुद: बक्सिङमा संगीता र दीपक पराजित

आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको प्रतियाेगितामा दुवै जना ५–0 अंकले पराजित भएका हुन्।

काठमाडाैँ– बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पराजय भोगेका छन्। संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्।

आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन्। 

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए। राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन्।