एशियाली खेलकुद: तेक्वान्दोकी अञ्जली प्रिक्वार्टरफाइनलबाट बाहिरिन्

अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्।

काठमाडाैँ– नेपालकी अञ्जली तामाङ १९औँ एशियाली खेलकुदको तेक्वान्दोमा प्रिक्वार्टरफाइनलबाट बाहिरिएकी छन्। 

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा साेमबार भएको महिला ४९ केजीमुनि तौल समूहमा थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग १२–० र १०–० ले पराजित हुँदै उनी बाहिरिएकी हुन्।अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्। पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्राे राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।

पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदीअरबका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे। तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए।