दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। यसअघि माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।
काठमाडौँ- पाँचौँ संस्करणको साफ यू १९ प्रतियोगिताको फाइनल प्रवेशका लागि साविक विजेता भारत र नेपाल भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। भारतको जितमा असिवा प्रशाद र रिक्की मिथाईले गोल गरे। भुटानका लागि पेमा ज्यान्पोले गरेको गोल सान्त्वना रह्यो।
खेलमा शुरूआतदेखि नै भारतीय खेलाडीले भुटानमाथि दबाब बनाएका थिए। तर अग्रता भने भुटानले लियो। २१औँ मिनेटमा जिग्मे नामग्यलले भुटानलाई शुरूआती अग्रता दिलाए। उनले पेमा ज्यान्पोले क्विक चलाएको बललाई करिब ३० यार्डबाट सिधै जालि चुमाएका थिए।
२९औँ मिनेटमा पेमाले प्रहार गरेको फ्रिक्रिकलाई भारतीय गोलरक्षक लिओनल डार्यलले सहजै बचाए। ३६औँ मिनेटमा भारत खेलमा फर्कियो। असिवा प्रशादले दिएको एअर बललाई नियन्त्रणमा लिनेक्रममा भुटानका डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा गवाम्सार गोयरेले सोल्जरले बललाई टच गर्दै पोष्टको दिशा दिए।
६३औँ मिनेटमा भारतले अग्रता लियो। यश चिक्रोले प्रहार गरेको कर्नरमा अनमार्क रहेका रिक्की मेथाईले बललाई जाली चुमाए। भारतले पहिलो खेलमा साविक उपविजेता बंगलादेशलाई ३-० गोलअन्तरले पराजित गरेको थियो। भुटानले बंगलादेशले ४-३ गोलअन्तरले पराजित गरेको थियो। भारत शतप्रतिशत जितसँगै समूह बी को उपविजेता बन्यो। भुटान ३ अंकसहित उपविजेता बन्यो।
नेपालले पनि माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको थियो। पाकिस्तान दोस्रो खेलमा भने माल्दिभ्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
