एशियाली खेलकुद: २२८ पदकको छिनोफानो

मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ।

तस्वीर: सिन्ह्वा

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म २२८ पदकको छिनोफानो भएको छ।

सहभागी ४५ मुलुकमध्ये २५ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने पदकविहीन छ। 

मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ। यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ।

जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा छन्। 

यस्तै, हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्यसहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा छ।