जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।
काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको यात्रा समाप्त भएको छ। जियोसन लिन्पु जिम्न्याजियममा मंगलबार दुई खेलाडी पराजित भएसँगै जुडोमा पनि नेपाल पदकविहीन भएको हो।
पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वार्टरफाइनलमा काजकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित भइन्। प्रिक्वार्टरफाइनलमा उनी म्याटमा २७ सेकेन्ड मात्रै टिकेकी थिइन्। जुडोमा नेपालबाट समान चार–चार पुरुष/महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनिता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पनि पूर्णविराम लागेको थियो। सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जिते।
उनले ६० केजी राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
