पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्।
काठमाडाैँ– चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत उसुमा नेपालका दुई खेलाडी दीपक हमाल र निमा घर्ती मगर पराजित भएका छन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्।
झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा मंगलबार भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे। उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे। २० खेलाडी सहभागी थिए। इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कास्य जिते। महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
