समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।
काठमाडौँ– चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।
हाङ्जाउस्थित झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। खेल बिहान ६:४५ मा शुरू हुनेछ।
मङगोलिया नेपालसित खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आज डेब्यु गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो। समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स सित खेल्नेछ।
समूहको शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ। क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ।
पाँचवटै देशले एकदिवसीय विश्वकपका कारण आफ्नो दोस्रो टोली एशियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी सन्दीप लामिछाने, सागर ढकाल र सन्दीप जोरा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
