मंगोलियाविरुद्ध कुशल मल्लको किर्तिमानी शतक

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

काठमाडौँ– नेपालका बायाँ हाते ब्याटर कुशल मल्लले मंगोलियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्।

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

यसअघि उक्त कीर्तिमान भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमशेखरका नाममा थियो। उनीहरूले समान ३५ बलमा शतक हानेका थिए। 

१६ आभरको खेल सकिँदा कुशल ४७ बलमा ८ चौका र १२ छक्कासहित १३४ रनसहित क्रिजमा छन्।

नेपालका कप्तान रोहितकुमार पौडेल २४ बलमा ६० रनमा अविजित छन्।