यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो।
काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ।
यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो।
हाङ्जाउस्थित झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा अलआउट भयो। मंगोलियाका दाभासुरेनले सर्वाधिक १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले २३ रन एक्स्ट्रा दिएको थियो।
नेपालका सन्दीप लामिछाने, करन केसी र अविनाश बोहराले समान २–२ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो।
त्यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमानी योगफल तयार पारेको हो।
नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले टी–२० आई इतिहासकै उच्च योगफल बनाएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको छ।
कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे।
यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २७८ रन बनाएका थिए।
यस्तै, कुशल मल्लले मंगोलियाविरुद्ध शतक प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका छन्। ३४ बलमा शतक प्रहार गर्दै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।
यसअघि उक्त कीर्तिमान भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमशेखरका नाममा थियो। उनीहरूले समान ३५ बलमा शतक हानेका थिए।
दीपेन्द्रले लगातार ६ छक्का हानेका थिए। उनले ९ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका छन्। दीपेन्द्रले भारतका युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्।
कप्तान रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए। उनले १९ बलमा अर्धशतक प्रहार गरेका थिए।
नेपालका ओपनर कुशल भुर्तेलले २३ बलमा २ चौकासहित १९ र आसिफ शेखले १७ बलमा २ चौकासहित १६ रन बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
