साफ यू–१९ च्याम्पियनसिप: पहिलो हाफमा नेपालविरुद्ध भारतलाई अग्रता

त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो। 

काठमाडाैँ– साफ यू–१९ च्याम्पियनसिपको पहिलो हाफमा साविक विजेता भारतले नेपालविरुद्ध अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो। 

खेलको शुरूआती अग्रता भने भारतले लियो। खेलको २६औँ मिनेटमा नोबा मेतेइले दिएको एअर बललाई नेपाली डिफेन्डरले क्लिअर गर्न नसक्दा साहिल खुर्शिदले जाली चुमाए। पहिलो हाफको इन्ज्युरी समयमा भारतले अग्रता दोब्बर बनाउने मौका गुमायो। ग्वाङ्सार गोयरीले आयुश तिमिल्सीनालाई बिट गर्दै डिबक्सभित्रबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक जियारथ शेखले बचाए।