उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो।
काठमाडाैँ– घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै साविक विजेता भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो। उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो।
टाइब्रेकरमा नेपालका अश्विन घोराशैनी र कुशल देउवाले मात्रै गोल गर्न सके। प्रशान्त लक्षमको प्रहार भारतीय रक्षकले रोके। लक्षु थापाको प्रहार भने माथिल्लो बारमा लागेर फर्कियो। बिक्रम तामाङको प्रहार भने आकाशियो। भारतका अर्जुन सिंह,गोम्वाङ्सार गोयरे र म्याग्लेनथाङ्ग किप्गेनले गोल गरे। दिनेश सिंह र रिक्की मेतेइको प्रहार भने कप्तान तथा गोलरक्षक जियारथ शेखले रोके।
भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको थियो। तर, नेपाल ७५औँ मिनेटमा समिर तामाङको गोलमार्फत् खेलमा फर्कियो। त्यसपछि दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गयो।
खेलको शुरूआती अग्रता भने भारतले लियो। खेलको २६औँ मिनेटमा नोबा मेइत्रइले दिएको एअर बललाई नेपाली डिफेन्डरले क्लिअर गर्न नसक्दा साहिल खुर्शिदले जाली चुमाए। पहिलो हाफको इन्ज्युरी समयमा भारतले अग्रता दोब्बर बनाउने मौका गुमायो। ग्वाङ्सार गोयरीले आयुश तिम्सिनालाई बिट गर्दै डिबक्सभित्रबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक जियारथ शेखले बचाए।
खेलको ४७औँ मिनेटमा नेपालले बराबरीको मौका खेर फ्याँक्यो। प्रशान्त लक्षमले दिएको बल भारतीय डिफेन्डरलाई बिट गर्दै डिबक्सभित्र पुगेको थियो। तर, निराजन धामीले प्रयास गरे पनि भारतीय गोलरक्षक लिओनल डार्याललाई बिट गर्न खोज्दा पहिलो बारनजिकबाट बाहिरियो।
६८औँ मिनेटमा म्याग्लेनथाङ्ग किप्गेनले गरेको प्रहार पोलमा लागेर फर्कियो। अर्जुन सिंहले दिएको बललाई उनले करिब ३० यार्डबाट प्रहार गरेका थिए। ७५औँ मिनेटमा नेपाल खेलमा फर्कियो। दीपक थापामगरले दिएको एअर बललाई समिर तामाङले हेडरमार्फत् गोलमा परिणत गरे। जारी प्रतियोगितामा उनको तेस्रो गोल हो। उनले माल्दिभ्सविरुद्ध २ गोल गरेका थिए।
खेलको ८२औँ मिनेटमा आयुश तिम्सिनाले भारतका किम्पाङले किम्गेनले गरेको प्रहारलाई हेडर गर्दै क्लिअर गरे पनि जियारथलाई खतरा हुन पाएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
