पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।
काठमाडाैँ– एशियाली खेलकुदअन्तर्गत बुधबार नेपाली खेलाडीहरूकाे प्रदर्शन कस्ताे रह्याे त?
हाङझाव एशियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन्। महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौँ स्थानमा रहिन्। उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन्। ७ खेलाडीले प्रतिस्पर्धा थिए। डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन्।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।
यस्तै बक्सिङमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन्। महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसँग ५–० ले चुकिन्। गत वर्ष यू–२२ एशियाली बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ।
पुरुष ६३.५ केजीमा १३ औँ दक्षिण एशियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए। पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए।
महिला बास्केटबलमा नेपालले लगातार दोस्रो हार व्यहाेर्याे। महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भयाे। समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हार्यो।
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ। मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो। व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो। जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए। यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए।
यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि पर्यो।
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ। समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो।
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ। बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए। अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे। पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए। पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन्। उनी १४–१ र ९–० ले पराजित भइन्।अब एक खेलाडीको स्पर्धा बाँकी छ। पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
उसुमा नेपालकी कविता थापा महिला जियान्सु/कुन्सु अलराउन्डमा समग्रमा बुधबार ११ औं स्थानमा रहिन्। टेबलटेनिसको पुरुष एकलमा माल्दिभ्सका इस्माइलले नेपालका रुविन महर्जनलाई ११–६, ३–११, ११–८, ११–६ र ११–८ तथा यमनका अममद अली ओमरले नेपालका संयोग कपालीलाई ११–८, ११–७, ११–९ र ११–६ को सेटमा पराजित गरे।
पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसँग ११–८, ११–४ र ११–७ को सीधा सेटमा हारे। महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११–३, ११–२ र ११–३ को सेटमा पाखा लगाए।
मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताठको जोडीमाथि ११–६, ११–३ र ११–१ को जित दर्ता गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
