रियल मड्रिडको सहज जित, बार्सिलोना रोकियो

मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लास पाल्मासलाई २–० ले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा घरेलु टोलीले सानदार प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिएको हो।

बुधबार राति सान्टियागो बर्नाबेउमा सानदार प्रदर्शन गर्दै रियलले सहज जित दर्ता गरेको हो। घरेलु टोलीका लागि ब्राहिम डिआज र जोसेलुले गोल गरेका थिए।

डिआजले पहिलो हाफ इन्जुरी समय र जोसेलुले ५४औँ मिनेटमा गोल गरे। रियलको सात खेलबाट १८ अंक छ। समान खेलबाट १९ अंक बनाएको जिरोना शीर्ष स्थानमा छ। 

मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।

बुधबार राति नै भएको अन्य खेलमा रियाल सोसिडाडले भ्यालेन्सियालाई १–० ले हराउँदा एथ्लेटिक क्लब र गेटाफेले २–२ गोलको बराबरी खेलेका छन्। 

यस्तै, जिरोनाले भिल्लारियललाई २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिदा काडिज र रायो भालेकानो गोलरहित बराबरीमा रोकिए।