हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए।
काठमाडौँ– साबिक विजेता काठमाडौँ रेजर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि मार्की खेलाडीमा फरवार्ड हिसुब थपलियालाई अनुबन्ध गरेको छ। क्लबका टिम म्यानेजर मधुसूदन उपाध्यायका अनुसार अघिल्लो शहीद स्मारक ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा हिसुबलाई मार्की खेलाडीको रूपमा क्लबमा अनुबन्ध गरिएको हो।
हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए। त्यही प्रदर्शनको आधारमा उनीले गत जेठ २७ गते सम्पन्न लिगलगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए। तर, उनले डेब्यू भने गत भदौ २२ गते घरेलु टोली म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत गरेका थिए।
थुउन्ना रंगशालामा भएको गोलरहित खेलमा हिसुब ८४औँ मिनेटमा अञ्जन विष्टलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। झापामा जन्मिएका उनले सैनिक आवासीय महाविद्यालय, भक्तपुरबाट फुटबल यात्रा शुरू गरेका थिए। उनी सम्मिलित त्रिभुवन आर्मीले त्यतिबेला ललित स्मृति यू-१८ प्रतियोगिताको उपाधि जितेको थियो।
मोफसलका अधिकांश प्रतियोगिता खेलिसकेका हिसुबले ‘ए’ डिभिजन लिग खेल्नुअघि ललितपुरको सुनाकोठी फुटबल क्लबबाट ‘सी’ डिभिजन लिग छनोट खेलेका थिए। त्यही क्लबमा गरेको प्रदर्शनका आधारमा उनी जावलाखेल आबद्ध भएका थिए। जावलाखेलले चौथो स्थानमा रहेर ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो।
उनी प्राय: सबै खेलमा पहिलो रोजाइमा परेका थिए। हिसुब र विदेशी फरवार्ड एन्कोटो मासोबीको प्रदर्शनप्रेरित जावलाखेल लिगको २०औँ खेलसम्म पनि उपाधिको दाबेदार देखिएको थियो। तर, पछिल्ला खेलहरूमा फितलो प्रदर्शन गरेपछि चर्च ब्वाइजले पहिलो सहभागितामै उपाधि उचालेको थियो।
हिसुबअघि भने काठमाडौँको मार्की खेलाडी बिकेश कुथु थिए। गोलरक्षक कुथुको टोलीले पहिलो संस्करणको उपाधि जितेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा काठमाडौँले धनगढी एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक कुथु एनएसएलमा डेब्यू गर्न लागेको स्पोर्टिङ इलाम डे मेचीको मार्की खेलाडी रहेका छन्। एनएसएलको अक्सन शनिबार काठमाडौँमा हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
