१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।
काठमाडौँ– १९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन्।
एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन्। स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल हुन सकिनन्।
क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाएकी थिइन्। क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उठाउन असफल भएकी हुन्।
भलिबलमा भियतनामसँग पराजित
एशियाली खेलकुदअन्तर्गत शनिबार नै भएको महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ। भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो।
भारतसँग पराजित भएसँगै ह्यान्डबलमा नेपालको चुनौती समाप्त
महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त भएको छ। समूह ‘बी’को शनिबार भएको तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो।
नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे।
समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसँग ६२–१० ले पारजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
