पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
काठमाडौँ– पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। शनिबार भएको फाइनलमा पाकिस्तानलाई ३–० गोलले हराउँदै भारतले उपाधि जितेको हो।
दशरथ रंगशालामा भएको फाइनल खेलमा ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल बेहोर्न पुग्यो।
खेलको ६४औँ मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए। खेलको ८५औँ मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० अग्रता दिलाए।
इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
