नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य, रोहितको अर्धशतक

नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले  २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।

काठमाडौँ– एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। 

जेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्यो।

नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले  २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।

कुशल मल्लले नटआउट ४७ रन जोडे। उनले २० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। 

ओपनरहरू कुशल भुर्तेलले ३५ र आसिफ शेख ६ रनमा आउट भएका थिए। यस्तै, विनोद भण्डारी १३, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

माल्दिभ्सका बाडेउले ३ विकेट लिए।