नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
काठमाडौँ– नेपाल चीनमा जारी एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ। माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
२१३ रनको विजयी लक्ष्य पछ्याएको भाल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो। माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रनको योगदान दिए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे।
राशिद राशनले १२ तथा फरेड सियसले १० रन जोडे।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। उनी टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए।
जेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्यो।
नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।
कुशल मल्लले नटआउट ४७ रन जोडे। उनले २० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे।
ओपनरहरू कुशल भुर्तेलले ३५ र आसिफ शेख ६ रनमा आउट भएका थिए। यस्तै, विनोद भण्डारी १३, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।
माल्दिभ्सका बाडेउले ३ विकेट लिए। नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले १/१ विकेट लिए।
यस जितसँगै नेपालले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
