सरकार विरोधी गतिविधि तथा ‘ईश्वर निन्दा’ गरेको आरोपमा इरानमा एकजनालाई मृत्युदण्डको सजाय दिइएको छ। त्यस्तै, इरानमा पछिल्लो समय भइरहेका आन्दोलनका क्रममा २० जनाभन्दा धेरैमाथि यस किसिमको मुद्दा चलिरहेको छ।
इरानको राजधानी तेहरानस्थित एक अदालतले सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै एकजनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
तेहरानस्थित रिभोलुसनरी कोर्टले नाम नखुलाइएका ती व्यक्तिले सरकारी सम्पत्तिमा आगजनी गरेको र ‘ईश्वर निन्दा’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो।
इरानी अदालतले हतारमा मृत्युदण्डको फैसला सुनाएको भन्दै मानवअधिकारवादी समूहहरूले आपत्ति जनाएका छन्।
यसैगरी, अर्को एक अदालतले राष्ट्रिय सुरक्षा र सार्वजनिक निर्देशन विरोधी गतिविधि गरेको आरोपमा पाँच जनालाई १० वर्षको जेल सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ।
सरकारविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेकामध्ये कम्तीमा २० जनालाई मृत्युदण्डको सजाय हुनसक्ने नर्वेस्थित इरानी मानवअधिकारवादी संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष मोहमूद अमिरी मोघाद्दामले इरानका यस्ता कदमविरुद्ध तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय जगत्लाई आग्रह गरेका छन्। साथै, प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिए परिणाम नराम्रो हुने भन्दै उनले इरान सरकारलाई चेतावनीसमेत दिएका छन्।
दुई महिनाअघि इरानको ‘नैतिक’ प्रहरीको हिरासतमा महसा अमिनीको मृत्युपछि इरानमा महिला अधिकारवादीहरूको आन्दोलन चर्किएको थियो। अमिनीले हिजाब राम्रोसँग नलगाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। तर प्रहरी हिरासतमै उनको मृत्यु भएपछि इरानभर आन्दोलन चर्किएको छ।
इरानमा दुई महिनायता जारी प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी प्रदर्शनविरुद्ध बल प्रयोग गरेपछि ४३ जना बालबालिका र २५ महिलासहित कूल ३२६ जना प्रदर्शनकारीले ज्यान गुमाएको इरानी मानवअधिकारवादी संस्थाले जनाएको छ।
प्रदर्शनका क्रममा १५ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको मानवअधिकारवादी समूह (एचआरएएनए) ले जनाएको छ। इरानी सरकारी अधिकारीहरूले भने प्रदर्शनलाई विदेशी शक्तिले परिचालित गरेको आरोप लगाउँदै आएका छन्।
प्रदर्शनको समर्थनमा विश्वका १४० भन्दा बढी शहरमा प्रदर्शन चर्किएपछि इस्लामिक गणतान्त्रिक मुलुकले चुनौतीको सामना गर्नु परिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
