सोमबार भएको ड्र मार्फत् नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने पक्का भएको हो। खेल मंगलबार बिहान ६:४५ मा हुने छ।
काठमाडाैँ– १९औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटकाे क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार भएको ड्र मार्फत् नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने पक्का भएको हो। खेल मंगलबार बिहान ६:४५ मा हुने छ।
नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेको थियो। यस्तै, दोस्रो तथा अन्तिम खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतीय टोलीको कप्तानी रुतुराज गायकवाडले गर्ने छन्। इन्डियन प्रिमियर लिग ९आईपीएल०मा उत्कृष्ट प्रदर्शन गरेका रिंकु सिंह, यशस्वी जैसवाल र शिवम दुबेजस्ता खेलाडी रहेको भारतीय टोली निकै बलियो रहेको छ। भारतीय टोलीमा राहुल त्रिपाठी, तिलक वर्मा, जितेश शर्मा, वाशिंगटन शुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी र प्रभसिमरन सिंह रहेका छन्।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एशियाली मुलुकतर्फ शीर्ष ५ का टोली हुन्। त्यसैले उनीहरूलाई उच्च प्राथमिकता दिइएको हो। यी टोलीले क्वार्टरफाइनलमा सिधै स्थान बनाएका हुन्। समूह 'बी' को विजेता हङकङले पाकिस्तानसँग खेल्ने पक्का भएको छ। यो खेल मंगलबार बिहान ११:४५ बजे शुरू हुने छ।
यता, समूह 'सी'को विजेता मलेसियाले बंगलादेशसँग खेल्ने छ भने श्रीलंका र अफगानिस्तान एकआपसमा भिड्ने छन्। क्वार्टरफाइनलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
