एशियाली खेलकुद : भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै बाहिरियो नेपाल

भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौँ– महिला भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।

हाङझाओ नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा सोमबार सम्पन्न खेलमा दक्षिण कोरियासँग नेपाल ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

१ घण्टा १२ मिनेट चलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो। समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २५–४, २५–१६ र २५–१३ को सिधा सेटमा पराजित भएको थियो।

नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ। एशियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो।