एशियाली खेलकुद : भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।

काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनबाट नेपालकी शारदा चौधरी बाहिरिएकी छन्। सोमबार समूह ‘बी’को महिला ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा रोकिएको हो।

स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी शारदाले जम्मा १५८ केजी भार वहन गरिन्। स्न्याचमा शारदाले पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल भइन्। शारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो।

शारदाले क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भइन्। यसैसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ। यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन्। पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ।