नेपालले टस हार्‍यो, भारतले पहिले ब्याटिङ गर्ने

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।

काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपालले भारतसँग टस हारेको छ। 

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

खेल ६:४५ बजे शुरू हुनेछ। टी–२० आईमा नेपालले भारतसँग पहिलो पटक खेल्न लागेको हो। 

भारत टी–२० आई वरियतामा पहिलो र नेपाल १६औँ स्थानमा छन्। नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। 

भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।