२०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।
काठमाडौँ– एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।
मंगलबार बिहान सम्पन्न पहिलो क्ववार्टरफाइनलमा नेपाललाई पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको छ।
२०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। उनले १५ बलमा ४ छक्का प्रहार गरे।
सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए। कुशल मल्ल २९ तथा कुशल भुर्तेल ३२ बलमा आउट भए।
भारतका रवि विश्रोई र आवेश खानले ३–३ विकेट लिए। अर्शदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।
भारतका ओपनर यशश्वी जयशवालले शतक पूरा गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। रिन्कु सिंह ३७ तथा शिवम् दुबे २५ रनमा अविजित रहे।
कप्तान ऋतुराज गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भए।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
