रियल मड्रिडले नापोलीलाई हरायो, लेन्ससँग आर्सनल पराजित

जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। नापोली दोस्रो स्थानमा छ। 

काठमाडौँ– च्याप्पियन्स लिग फुटबलमा रियल मड्रिडले नापोलीलाई पराजित गरेको छ। 

बुधबार बिहान नापोलीको घरेलु मैदानमा भएको खेलमा रियल २–३ गोलअन्तरले विजयी भयो। 

रियलको जितमा भिनिसियस जुनियर र जुडे वेलिङ्‌घमले १–१ गोल गरे। १ गोल उपहार पाएको थियो। नापोलीका पायोट जेलिनिस्की र लियो स्कीरी ओस्टिगार्डले गोल गरे। जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। नापोली दोस्रो स्थानमा छ। 

यस्तै, समूह ‘एफ’को खेलमा आर्सनल लेन्ससँग पराजित भएको छ। घरेलु मैदानमा लेन्स २–१ गोलअन्तरले विजयी भएको हो। 

लेन्सको जितमा एड्रियन थोमासन र एली वाहीले गोल गरे। ग्रबियल जिससको गोलमा आग्रता लिए पनि आर्सनलले त्यसलाई जोगाउन सकेन। 

जितपछि आर्सनल समूहको दोस्रो स्थानमा झरेको छ भने लेन्स शीर्ष स्थानमा उक्लिएको छ।