नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।
काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदमा नेपालले कबड्डीबाट पदक पाउने भएको छ।
नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेसँगै पटकको टुंगो लागेको हो। बुधबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा इरानले बंगलादेशलाई ५४–१६ अंकले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको थियो।
यससँगै नेपालले कबड्डीमा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो। महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एशियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’मा इरान र बंगलादेश थिए। इरान समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।
बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। इरानले १८औँ एशियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो।
यस्तै, महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्यान्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया छन्। नेपालले अब समूह ‘ए’को विजेता टोलीसँग सेमिफाइनल खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
