बुधबार सम्पन्न खेलमा मलेसिया बंगलादेशसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। बंगलादेशले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ।
काठमाडाैँ– मलेसिया अन्तिम ओभरमा ५ रन बनाउन नसक्दा १९औँ एशियाली खेलकुद प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ। बुधबार सम्पन्न खेलमा मलेसिया बंगलादेशसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
बंगलादेशले दिएको ११७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो। मलेसियालाई अन्तिम ओभरमा ५ रन चाहिएको थियो। अफिफ हुसेनले फ्याँकेको शुरूआती ३ बलमा वीरन्दीपले कुनै रन जोड्न सकेनन्। चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा उनी लङ अनमा मोहम्मद हसनबाट क्याच आउट हुन पुगे। पाँचौँ बलमा भने स्याजरुल इद्रुसले एक रन लिए। अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा अन्वर रहिमले १ रन मात्रै लिन सके।
मलेसियाका लागि वीरन्दीप सिंहले सर्वाधिक ५२ रन बनाए। उनले ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै, सैयद अजिजले ३१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए। विजय उन्नी १४ रनमा आउट हुँदा अन्वर रहिम १४ रनमा अविजित रहे। अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बंगलादेशका रिपन मण्डल र अफिफ हुसेनले ३/३ विकेट लिए। रकिबुल हसन र रिशाद हुसेनको नाममा १/१ विकेट रह्यो। त्यसअघि झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। बंगलादेशका लागि कप्तान सैफ हसनले अर्धशतक प्रहार गरे। उनले ५२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। अफिफ हुसेनले २३ र शहादत हुसेनले २१ रन बनाउँदा जाकिर अली १४ रनमा अविजित रहे।
मलेसियाका पवनदीपले सर्वाधिक २ विकेट लिए। विजय उन्नी र अन्वर रहिमको नाममा १/१ विकेट रह्यो। बंगलादेशले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ। पहिलो क्वार्टरफाइनलमा नेपाललाई २३ रनले हराउँदै भारत सेमिफाइनलमा पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
