यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। क्यानले त्यही टोलीमा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ।
काठमाडाैँ– नेपालले एसीसी यू–१९ प्रिमियर कप खेल्ने टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो। यू–१९ टोलीले गत फागुनमा यूएईमा आयोजना भएको आईसीसी विश्वकप एशिया क्षेत्र छनोट खेलेको थियो।
यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। क्यानले त्यही टोलीमा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ। टोलीमा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दिपक बोहरा र दीपक बोहरा छन्। त्यस्तै, देव खनाल, उत्तम थापामगर, सुवास भण्डारी, दीपक डुम्रे, विशाल केसी, दिपेश कँडेल, मिलन बोहरा रहेका छन्।
क्यानले प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादवलाई वैकल्पिकमा राखेको छ। प्रज्वल, निर्मल र राजेश विश्वकप छनोट खेल्दा पनि वैकल्पिकमै रहेका थिए। अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ। यो समूहमा नेपालसँगै बहराइन, साउदी अरब र इरान रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
