च्याम्पियन्स लिग: म्यान्चेस्टर सिटीको सहज जित

जितपछि सिटी २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। लाइपजिग दोस्रो स्थानमा छ।

काठमाडौँ– च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले आरबी लाइपजिगविरुद्ध सहज जित दर्ता गरेको छ। 

समूह ‘जी’अन्तर्गत बिहीबार बिहान भएको खेलमा सिटी ३–१ गोलअन्तरले विजयी भएको हो। 

सिटीको जितमा वैकल्पिक खेलाडी जुलियन अल्भारेजले १ गोल र १ असिस्ट गरेका थिए। फिल फोडेन र जेरेमी डोकुले १–१ गोल गरे। लाइपजिगका लुइस ओपेन्डाले १ गोल फर्काए।

जितपछि सिटी २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। समान खेलबाट ३ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा छ।