चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ।
काठमाडौँ– चीनमा जारी १९औँ एशियाली खेलकुदमा एक हजार २०८ पदकको छिनोफानो भएको छ।
बुधबारसम्मको खेल प्रदर्शनका आधारमा सहभागी कुल ४५ राष्ट्रमध्ये ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्।
हालसम्म आयोजक चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको जापानले ३७ स्वर्ण, ५१ रजत र ५९ कास्य जितेको छ।
दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित तेस्रो, भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित चौथो र उज्बेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित पाँचौँ स्थानमा छन्।
नेपाले भने कबड्डीमा १ पदक जित्न सफल भएको छ। महिला कबड्डीतर्फ सेमीफाइनल प्रवेश गर्दै नेपालले पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।
महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
