नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली टिम पहिलो क्वार्टरफाइनलमा मंगलबार भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

काठमाडौँ– एशियाली खेलकुद खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। 

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए। चीनमा जारी एशियाली खेलकुदअन्तर्गत क्रिकेटको समूह चरणमा नेपालले शतप्रतिशत जित हासिल गरेको थियो। 

मंगलबार पहिलो क्वार्टरफाइनलमा भने भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा नेपाल २३ रनले पराजित भएको थियो। 

नेपालले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमानी जित हासिल गरेको थियो। 

मंगोलियामाथि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विश्व कीर्तिमान बनाए। सो खेलमा नेपाली टिमले पनि फराकिलो अन्तरको जितको कीर्तिमानसमेत बनाएको थियो। 

यस्तै, दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गरेको थियो।