प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन्।
काठमाडौँ– प्रधानसेनापति ट्रफी-२०८० खेलकुद प्रतियोगिता शुरू भएको छ। असोज ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिमहरूको सहभागिता रहेको छ।
जंगी अड्डास्थित खेल मैदानमा बिहीबार आयोजित उद्घाटन समारोहमा सैनिक तालिम महानिर्देशक, उपरथी श्री सन्तोष कुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने नेपाली सेनाका ओलम्पियनहरू संस्थागत स्मृतिको पुञ्ज रहेको बताए।
हरेक वर्ष सञ्चालन हुँदै आइरहेका अन्तर्राष्ट्रिय थ्री एड्भेन्चर र रन फर फन प्रतियोगिता यस वर्ष पर्वको रूपमा मनाउने तयारी भइरहेको उनले जानकारी दिए। अन्तर्राष्ट्रियस्तरमा नै आइकोन साबित हुने लक्ष्यसहित वारियर कम्पिटसनको अवधारणा विकास भइरहेको उनको भनाइ थियो।
समारोहमा प्रधान सेनापति ट्रफीमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपासका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षासम्बन्धी जिम्मेवारीसमेत निर्वाह गरिरहेको नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको संख्या दोब्बरभन्दा बढी भएको उत्साहपूर्ण उपलब्धिको स्मरणमा यस वर्षको प्रधानसेनापति ट्रफीमा बाघलाई मास्कटको रूपमा राखी प्रदर्शन गरिएको थियो।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू सञ्चालन हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
