शुक्रबार बिहान भएको सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो। यससँगै नेपाल कांस्य पदकमै सीमित भएको छ।
काठमाडौँ– चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ।
यससँगै नेपाल कांस्य पदकमै सीमित भएको छ। शुक्रबार बिहान भएको सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एशियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’मा इरान र बंगलादेश थिए। इरान समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। इरानले समूह ‘ए’को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ।
नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त र प्रशिक्षकमा विष्णुदत्त भट्ट छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
